दफा ४२
मध्यस्थता सम्बन्धी मिसिल
(१) मध्यस्थले पक्षहरुले पेश गरेको लिखत तथा प्रमाणहरु, सम्बन्धित व्यक्तिहरुलाई गराएको बयान, आफनो निर्णय र मध्यस्थतासंग सम्बन्धित सबै कागजातहरुमा मिति र समय जनाई सिलसिलेवार तरिकाबाट मिसिल तयार गर्नु पर्नेछ ।
(२) मध्यस्थले मध्यस्थता सम्बन्धी कारबाही अन्तिम भएपछि तत्सम्बन्धी मिसिल जिल्ला अदालतमा बुझाउनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम प्राप्त मिसिल जिल्ला अदालतले आपूmले गरेको फैसलाको मिसिल सरह सुरक्षित साथ राख्नु पर्नेछ ।
(४) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि पक्षहरुको सहमति बिना मध्यस्थको निर्णय र सोसंग सम्बन्धित लिखतको नक्कल पक्षहरु बाहेक अन्य व्यक्तिलाई दिइने छैन ।